सविना अछामे–
खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा अन्तरजातीय विवाह गर्नेहरूलाई सम्मान गरिएको छ । बैशाख १६ गते आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गर्ने ९ जोडीलाई सम्मान गरिएको हो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिकाका सहसचिव उमेश विश्वकर्माका अनुसार कालुमान सार्की–अनु मगर, नैनबहादुर विश्वकर्मा–मिना तामाङ, खगेन्द्र विश्वकर्मा–मैया मगर, प्रकाश नेपाली–दीपा प्रधान, दीपेन्द्र नेपाली–सिर्जना फुयाल, विपन नेपाली–सविना राई, विजय विश्वकर्मा–ममता राई, विशाल राई–प्रिती विश्वकर्मा र युवन राई–रीता परियारको जोडीलाई सम्मानपत्र र यातायात खर्च वापत दुई हजार रूपैयाँका दरले नगद सहित सम्मान गरिएको हो
सम्मान सहित जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ सम्वन्धी प्रशिक्षण समेत दिइएको आयोजकले जनाएको छ । लेखापढी तथा कानुन व्यवसायी मिलन चाहारले उक्त प्रशिक्षण दिएका हुन् । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रम वडा नं ९ लिच्किराम्चेका वडाअध्यक्ष इन्द्रबहादुर राईको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष गोपाल परियारको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित