खार्पामा प्रहरी चौकी भवन उद्घाटन

  • प्रकाशित मितिः चैत १०, २०८१
  • 716 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–रावाबेसी गाउँपालिका–२ खार्पामा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । उक्त नवनिर्मित भवनको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले चैत १० गते गरेका हुन् ।
२ करोड ९५ लाख ३२ हजार लागतमा उक्त भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन् । खार्पा गाविसको पुरानो भवनमा २०६९ सालमा प्रहरी चौकी स्थापना गरिएको थियो ।
नवनिर्मित साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधा सहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मरोजञ्जन हल लगायतका ११ वटा कोठाहरू छन् ।
उक्त कार्यक्रममा रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित