नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–हलेसी तुवाचुङ नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतको प्रमुख आतिथ्य तथा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयको विशेष आतिथ्यमा फागुन २४ गते मनाएको हो ।
यसअवसरमा हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । लोगो डिजाइनर सन्तोष दाहाललाई सम्मान गरिएको छ ।
त्यस्तै उक्त कार्यक्रमको अवसरमा नमस्ते खोटाङ डटकम तथा रूपाकोट साप्ताहिककी संवाददाता सविना अछामे र भ्युज अफ नेपालका राजकुमार भट्टराई नगद २५÷२५ हजारका सहित दोसल्ला र सम्मानपत्रले सम्मानित भएका छन् । निष्पक्ष एबम् स्वतन्त्र पत्रकारिताको माध्यमबाट नगरको विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
त्यसैगरी नगरपालिकाको स्थानीय उत्पादन र बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने महिला उद्यमीहरू सल्लेकी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई समेत सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित