नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २५–रावाबेसी गाउ“पालिका–३ चिउरीबासमा भएको सुमो जीप दुर्घटनाका घाइतेलाई काठमाडौं पठाइएको छ । उक्त दुर्घटनामा का ५० वर्षीय निरकुमार राईको मृत्यु भएको थियो । हिजो चैत २४ गते दिउसो साडे चार बजे ना १ ज ७४४७ नम्बरको सुमो जीप दुर्घटना हुदा उनको मृत्यु भएको थियो ।
जीपका चालक ४५ वर्षीय गोपाल राई र ४६ वर्षीय प्रकाश राई घाइते भएका थिए । उनीहरु दुबैको अवस्था मध्यम्खालको भएकाले जोखिम न्युन भएको खोटाङका डिएस्पी राजकुमार केसीले बताए । घाइते दुबै पनि रावाबेसी गाउ“पालिका–३ चिउरीबास निवासी हुन् । शनिबार घर छाउने क्रममा लडेर घाइते भएका निरकुमार राईलाई उपचारका लागि लामिडाडा“स्थित स्वास्थ्य चौकी लैजाने क्रममा दुर्घटना भएको डिएस्पी केसीले सुनाए । मृतकका शव भने पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याइदै गरेको डिएस्पी केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित