नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २२–आहालेदेखि रेग्मीटारसम्मको सडक निर्माणको काम सकिन लागेको छ । सदरमुकाम दिक्तेल र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण सकिन लागेको हो ।
यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । उनका अनुसार नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । आहालेदेखि रेग्मीटारसम्म १४.५ किलोमिटर सडकमध्ये करिब पाँच सय मिटर मात्र सडक खन्न बाँकी रहेको नगरपालिकाका प्रमुख इन्जिनियर रामहृदय पटेलले बताएका छन् । बाँकी रहेको भाग मध्ये घर्तीभिर नजित काम भइरहेको छ । उक्त घर्तीभिर छिचोल्न करिब एक महिना लाग्ने पटेलले बताएका छन् ।
उक्त सडकमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको नगरपालिकाका लेखा अधिकृत राजकुमार राईले बताएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा विनियोजित ४० लाख मध्ये ३९ लाख ६८ हजार चार सय रूपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ८०/८१ मा विनियोजित २० लाख मध्ये १९ लाख ४६ हजार ८ सय ६० रूपैयाँ खर्च भएको राईले सुनाएका छन् । चालु आर्थिक वर्षका लागि विनियोजित २५ लाख मध्ये १६ लाख ७८ हजार रूपैयाँ खर्च भइसकेको राईले बताएका छन् ।
यसबाहेक आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारको ४० लाख बजेट मध्ये करिब १५ लाख रूपैयाँ पनि यसै सडकमा खर्च भएको नगरप्रमुख भट्टराईले बताएका छन् । गत वर्ष खर्च गरेर बाँकी रहेको बजेट यो वर्ष खर्च गरिने समेत भट्टराईले जनाएका छन् । यो वर्ष सडकको ट्र्याक खोलिसकेपछि अर्को वर्षबाट स्तरोन्नतिको कामलाई निरन्तरता दिने नगरप्रमुख भट्टराईले बताएका छन् ।
आहालेदेखि रेग्मीटारसम्म सडक निर्माण सकिएपछि रेग्मीटारमा समगरमाथा लोकमार्गसंग जोडिन्छ । यो सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी हुदै रेग्मीटारसम्म घुम्नु पर्ने वाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले बताएका छन् । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित