सविना अछामे–
खोटाङ, फागुन १७–राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य सर्वसम्मत चयन हुनुभएको छ । ‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’भन्ने मूल नाराका साथ शुक्रबार जिल्ला समन्वय समितिको सभाहल दिक्तेलमा भएको तेस्रो जिल्ला अधिवेशनबाट आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।
कार्यसमितिको खुल्ला उपाध्यक्षमा सचिन श्रेष्ठ,महिला उपाध्यक्षमा शुशिला आचार्य बस्नेत,सचिवमा सुवास नेपाली,उपसचिवमा मुरारी सिक्देल र कोषाध्यक्षमा शशिकला राई सर्वसमम्मत चयन हुनुभएको हो । कार्यसमिति सदस्यहरुमा चन्द्रीमाया राई,शिवकुमार राई,उमा राई,चन्द्रकला पाठक,भक्तिराज राई,पदम राजभण्डारी र बिशाल राई चयन हुनुभएको छ ।
अधिवेशनबाट प्रदेश प्रतिनिधीमा तेजेन्द्र प्रकाश रेग्मी,पवन पोखरेल,सरोज तामाङ र दिनेश बस्नेत चयन हुनुभएको छ ।त्यस्तै,केन्द्रिय प्रतिनिनिधिमा निर्मला शर्मा,अनिता भट्टराई,सुरेश प्रधान,दिपेश श्रेष्ठ र रामकाजी नेपाल चयन हुनुभएको छ ।
एमालेको ७५ र्औ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको मध्य पहाडी (पुष्पलाल )लोकमार्ग झुलाघाट ‐चिवाभञ्जाङ “समृद्धिका लागि संकल्प यात्रा”२०८० लाई सफल बनाउन पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रंशसा गर्दै स्वास्थ्यकर्मी दिक्षिका शाक्य,दिपेश श्रेष्ठ,निर्मला शर्मा,विरेन्द्र भट्टराई,नवराज राई,सुरेश प्रधान,सुवास नेपाली र शुशिला आचार्य बस्नेतलाई सम्मान गरिएको निर्वमान अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल खोटाङका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा.झलक शर्मा गौतमको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य बिशाल भट्टराईको बिशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित