सविना अछामे–
खोटाङ, फागुुन ९–नेपाल पत्रकार महासंघ खोटाङले ५ दिने आधारभूत पत्रकारिता तालिम आयोजना गरेको छ । उक्त महासंघको आयोजना तथा घरेलुु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोगमा ९ देखि १३ गतेसम्म आधारभूत पत्रकारिता तालिम आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको तालिममा २५ जना प्रशिक्षार्थी सहभागी भएको नेपाल पत्रकार महासंघ खोटाङका सचिव राजकुुमार भट्टराई सरगमले बताए ।
पत्रकार उत्पादनका लागि आयोजना गरिएको पत्रकारिता तालिममा दिक्तेल रूपाकोट मझुुवागढी नगरपालिकाका प्रमुुख तीर्थराज भट्टराईले समाचार वाचन गरेर उद्घाटन गरेका हुन । नगरप्रमुख भट्टराईको प्रमुुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सहायक प्रमुुख जिल्ला अधिकारी सागर शाह, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट, घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्री, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित