हलेसी बजारको आगलागीमा सात करोड तीस लाख बराबरको क्षति (फोटो फिचर)

  • प्रकाशित मितिः फागुन ५, २०८१
  • 833 पटक पढिएको
  • संवादताता

सविना अछामे–
हलेसी (खोटाङ) फागुन ५–हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको छ । फागुन ४ गते साँझ भएको आगलागीमा घर, होटल, पसल लगायत गरी सात करोड ५० लाख बराबरको क्षति भएको हो ।


खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार पदमशेर राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोश्रो तलामा भएको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट हुदा अन्दाजी चार करोडको क्षति भएको छ । त्यस्तै ऐराख राईको न्युकल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।


प्रकाशचन्द्र गिरी हलेसी दर्शन होटलको फलामको ट्रष्टले बनेको एक तले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षति हुदा ३० लाख बराबरको क्षति भएको छ । त्यसै गरी भरणशेर राईको पारुहाङ होटल, चार तले पक्की भवनको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुदा अन्दाजी ५० लाख बराबरको गरी जम्मा सात करोड ३० बराबरको प्रारम्भिक विवरण आएको निमित्त प्रजिअ राईले बताए ।

फागुन ४ गते साँझ सात बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगो साडे तीन घण्टापछि साडे १० बजेतिर नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब पाँच सय जना खटिएको राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित