सविना अछामे–
खोटाङ, फागुन ४–गैरसरकारी संस्था महासंघ खोटाङले विभिन्न माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजालले फागुन ४ गते नगरप्रमुख तीर्थराज भट्टराईलाई ध्यानाकर्ष पत्र बुझाएका हुन् ।
विभिन्न सात बुदे ध्यानाकर्षण पत्रमा नगरपालिकाले सञ्चालन गर्ने सहकार्यात्मक कार्यक्रम सामाजिक अभियानहरूमा गैरसरकारी संस्थाहरूको सहभागिता, गैससंगको साझेदारिता र समन्वयलाई नगरपालिकाले स्थान दिनुपर्ने, गैरसरकारी संस्थाहरुको महत्व र योगदानको कदर गर्न र आगामि दिनहरुमा पनि गैससहरुको परिचालनका लागि आवश्यक आर्थिक र भौतिक स्रोतहरू सुनिश्चित गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गैरसरकारी संस्था परिचालनका ठोस् योजनाहरू प्रस्तुत हुनु पर्ने उल्लेख छ ।
त्यस्तै गैरसरकारी संस्थाले सञ्चालन गर्न मिल्ने परियोजनाहरू नगरपालिका आफैंले सञ्चालन गर्ने हैन कि गैसस मार्फत नै सञ्चालन गर्ने तर प्रभावकारी नियमन नगरपालिका मार्फत गरिनु पर्ने, नगरपालिकाले स्वास्थ्य, जीविकोपार्जन, उद्यमशीलताको विकास शिक्षा महिला सशक्तीकरण, बालअधिकार र मानवअधिकारजस्ता विभिन्न विषय क्षेत्रका कार्यक्रमहरूलाई आगामी आर्थिक वर्षबाट अझ प्राथमिकतामा राख्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सरकारी निकाय र गैरसरकारी संस्थाहरूसंग सहकार्य र नेटवर्क बनाई स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको बीचमा साझेदारी बढाउन आवश्यक पहल गरिनुपर्ने, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित) अनुसार वस्तीस्तरबाट छनौट हुने प्रत्येक बैठकमा गैरसरकारी संस्थाको प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, गैरसरकारी संस्था महासंघको जिल्ला भवन निर्माणका लागि प्रदेश सरकार तथा नगरपालिकाबाट आवश्यक पहल गरिनुपर्नेे ध्यानाकर्षण पत्रमा उल्लेख छ । ध्यानाकर्षण पत्र बुझाउन गैरसकारी संस्था महासंघ खोटाङका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित