नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि भएको अभद्र व्यवहारको विरुद्ध कर्मचारी सम्बद्ध विभिन्न पेशागत संघ संगठनहरूले विज्ञप्ती मार्फत भत्सर्ना गरेका छन् । माघ २८ गते कार्यालयमै वडा सदस्य युवबहादुर कार्की लगायतले अभद्र व्यवहार गरेको भन्दै त्यसमा संलग्नलाई कानुनी कारबाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष शम्भु तामाङ, राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङका अध्यक्ष चित्रकुमार सुवेदी र एकीकृत सरकारी कर्मचारी संगठन खोटाङ अध्यक्ष सोमप्रसाद आचार्यले फागुन २ गते संयुक्त रूपमा विज्ञप्ती जारी गरेका हुन् ।
यसका साथै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सचिव युवराज कालिकोटे, २ सोल्माकी गोमा ढकाल, ३ बाम्राङकी मन्दिरा घिमिरे, ४ खाल्लेका पवन श्रेष्ठ, ५ लफ्याङका दिनेशकुमार राई, ६ नेर्पाका सिताराम खतिवडा र ७ दोर्पाचिउरीडाडाका वडा सचिव प्रभुराम कटवालले समेत विज्ञप्ती मार्फत घटनाको घोर भत्र्सना तथा दोषीलाई कारबाहीको माग गरेका छन् ।
यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले समेत संयुक्त विज्ञप्ती जारी गर्दै घटनाप्रति आपत्ति जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरूले दोषीलाई कारबाही र कर्मचारीको जिउ ज्यानको सुरक्षाको माग राख्दै विज्ञप्ती जारी गरेका हुन् । छानविन गरी दोषीलाई कारबाही नगरे थप आन्दोलनका कार्यक्रम बढाउने समेत विज्ञप्तीमा उल्लेख छ ।
वडा सदस्य कार्कीको नेतृत्वमा अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य राजकुमार ढकाल लगायतको समूहले हुल हुज्जतका साथ वडा कार्यालयमा प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड एबम् वडा सचिव ढकाललाई हातपात गरेको विज्ञप्तीमा उल्लेख छ । यसबाहेक स्थानीय वरुण ढकाल, नरेन्द्र ढकाल, गणेशबहादुर कार्की समेत संलग्न रहेकाले किटानी जाहेरी दिएको वडा सचिव होमनाथ ढकालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित