सविना अछामे–
खोटाङ, फागुन १–नेकपा माओवादीका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी २०८४ को चुनावमा एकलै लड्ने बताएका छन् । दिलकाजी–ठूलकाजी स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ३० औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बोल्दै पुनले २०६४ माजस्तै जनउभार आएकाले माओवादी एक्लैले चुनाव जित्ने बताएका हुन् ।
जनयुद्धको बलमै वर्तमान उपलब्धि हासिल भएकाले यसलाई कसैले पनि कम आँक्न नहुने धारणा राखे । ‘महिला, दलित, जनजाति लगायतको अधिकार सुनिश्चित गर्दै मुलुकको मुख्य संयन्त्रसम्म जनयुद्धले नै पु¥याएको हो’–पुनले भने–‘यलाई कसैले पनि कम आँड्न मिल्दैन ।’
वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूको धुवीकरण आवश्यक रहेको उल्लेख गर्दै त्यसको बाधक एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाए । ‘सबै कम्युनिष्टहरू एक हुन सक्थ्यो तर एमाले अध्यक्ष केपीजीको कारण एकता सम्भव छैन, बरु एकीकृत समाजवादी पार्टीसंग कार्यनीतिक र कार्यदिशाको हिसावले मिल्ने सम्भावना छ, विप्लवजी पनि कार्यनीतिक हिसवाले हामीसंगैं आउनु भएकाले उहाँसंग एकतामा हुन कुनै समस्या छैन’–पुनले भने ।
अहिले पुरानो ढर्रामा कम्युनिष्ट आन्दोलन सम्भव नभएको समेत पुनले धारणा राखे । ‘वैद्य हामीले पनि मानेकै नेता हो, तर उहाँको पुरानो ढर्राले अब चल्दैन, त्यसरी अबको कम्युनिष्ट आन्दोलन सम्भव छैन’–पुनले धारणा राखे ।
कार्यक्रममा द्वन्द्वकालमा ज्यान गुमाएका ७२ जना शहीद परिवार, जनयुद्धको बेला माओवादीमा पूर्णकालीन हुने लडाकु तथा माओवादीलाई सहयोग गरेकै कारण जेल भोगेकाहरूलाई सममान गरिएको थियो । यसमध्ये जेल जीवन बिताउने २९, घाइते लडाकु ४२ जनलाई सम्मान गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई, संविधासभा सदस्यहरू समिता कार्की, दुर्गाजयन्ती राई, बैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी लगायत, प्रदेश तथा जिल्लाका नेताकार्यकर्ताहरूको उपस्थिति थियो ।
जनयुद्धको अवसरमा अखिल क्रान्तिकारी, वाइसीयल नेपालले दीप प्रज्ज्वलन सहित कोण सभा समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित