वडा सचिवमाथि अभद्र गरेको भन्दै प्रहरीमा जाहेरी

  • प्रकाशित मितिः फागुन १, २०८१
  • 429 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि कार्यालयमै अभद्र व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको छ । माघ २८ गते दिउसो साडे २ बजे कार्यालयमै अभद्र गरेको भन्दै बुधबार जाहेरी परेको हो ।
वडा सदस्य टंक पोखरेलका अनुसार ढुङ्गे चौतारा–कामीडाडाँ हुदै सरोज राईको घरसम्मको सडक निर्माणको विषयमा विवाद हुदा वडा सचिवमाथि अभद्र व्यवहार भएको हो । स्थानीय वरुण ढकाल, नरेन्द्र ढकाल, राजकुमार ढकाल, गणेशबहादुर कार्की, खड्गबहादुर कटवाल र वडा सदस्य युवबहादुर कार्कीले घोक्राइ मन्टाइ गरी अभद्र व्यवहार गरेकाले उनीहरू विरुद्ध जाहेरी दिएको वडा सचिव होमनाथ ढकालले बताए । ‘माघ २८ गते प्रहरीकै अगाडि कार्यालयमै अभद्र व्यवहार गरियो’–ढकालले भने–‘कानुनी राज्यमा कार्यालयभित्रै अभद्र व्यवहार भएपछि माघ २९ गते निवेदन र ३० गते जाहेरी दिएको छु ।’
त्यस्तै ढुङ्गे चौतारा–कामीडाडाँ हुदै सरोज राईको घरसम्म जाने सडक निर्माणले घर जोखिममा परेको भन्दै प्रहरीमा निवेदन परेको छ । दुवै तर्फबाट उजुरी परेकाले दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । ‘एक पक्षले अभद्र भयो भनेर जाहेरी दिएको छ, अर्कोपक्षले घर जोखिममा प¥यो भनेर निवेदन दिएको छ’ विष्टले भने–‘दुवैपक्षलाई छलफल गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित