‘वर्तमान सरकार भ्रष्ट्राचारी संरक्षक हो’ : श्रेष्ठ

  • प्रकाशित मितिः माघ २९, २०८१
  • 848 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–अहिलेको सरकार भ्रष्टचारीको संरक्षक बनेको बताएका छन् । माघ २८ गते दिक्तेलमा आयोजित नगर सम्मेलनलाई सम्वोधन गर्दै श्रेष्ठले आफ्ना नेताहरू जोगाउँन सरकार लागिरहेको बताएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले आफ्नो, अर्काको नभनी ठूला नेता तथा कर्मचारीहरूलाई कारबाहीको प्रक्रिया सुरु गर्दा त्यसबाट आत्तिएर सरकार ढालेको समेत श्रेष्ठले बताए । ‘माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जब भ्रष्ट्राचारीहरूलाई कारबाही गर्न खोज्छ, तब ठूला भनिएका दलहरू अतालिएर सरकार ढालियो’ श्रेष्ठले भने–‘अहिले आफ्ना नेताहरूलाई जोगाउन लागि परेका छन् ।’
श्रेष्ठले आगामी निर्वाचनमा माओवादी पार्टी सबैभन्दा ठूलो राजनीतिक दल हुने बताएका छन् । पार्टी सुदृढीकरण अभियानका साथै खबरदारीसभाहरू सुरु गरेपछि विभिन्न राजनीतिक दलहरू परित्याग गरी माओवादीमा प्रवेश गर्ने लहर चलेको समेत श्रेष्ठले बताए । ‘हामीले पार्टी सुदृढिकर अभियानका साथै खबरदारीसभाहरु सुरु गरेका छौँ, देशभर विभिन्न पार्टी परित्यागगरी माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ’–श्रेष्ठले भने–‘माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा उत्साह बढेको छ, विचार, सिद्धान्त, नीति तथा योजनासहित पार्टी अगाडि बढेको छ ।’
श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा नभएको बताए । अब माओवादी केन्द्रको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको समेत श्रेष्ठले बताए । ‘नेपालमा गणतन्त्र स्थापना गर्ने सपना अन्य दलका नेताहरुले देखेका पनि थिएनन्, उनीहरुलाई यो संविधान र प्राप्त उपलब्धीको कुनै मायाँ छैन, केही नेताहरू त सङ्घीयता खारेज हुनुपर्छ भनेर बोल्दै हिँड्न थालेका छन्’ श्रेष्ठले भने–‘माओवादी केन्द्रको ठूलो त्याग र बलिदानीले अहिलेको उपलब्धीहरु प्राप्त भएको हो, यसको रक्षा गर्न सबैले खबरदारी गर्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित