अख्तियारद्वारा नमस्ते खोटाङ डटकमकी अछामे लगायत पत्रकार तथा सञ्चार संस्था पुरस्कृत (भिडिओ सहित)

  • प्रकाशित मितिः माघ 28, 2081
  • 862 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, माघ २८–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ औं स्थापना दिवस अवसर पारेर नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे सहित पत्रकार तथा सञ्चार संस्थालाई पुरस्कृत गरेको छ ।
पत्रकारिताको भ्रष्ट्राचार न्युनीकरण, सुशासन प्रबद्र्धनमा विशेष योगदान पु¥याएको भन्दै माघ २८ गते आयोगको केन्द्रीय कार्यालय टङ्गालमा पुरस्कृत गरेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कदरपत्र सहित २५ हजार राशीको पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरूमा नेपाल समाचार पत्र दैनिक (सम्पादक सागर पण्डित) लाई संस्थागत पुरस्कार, नेपाल प्रेस डटकम (सम्पादक विन्दुराज लम्साल) संस्थागत पुरस्कार, नागरिक दैनिकका वरिष्ट सम्वाददाता टपेन्द्रबहादुर कार्की, नयाँ पत्रिका दैनिकका इन्भेष्टिकेसन रिपोर्टिङ प्रमुख नवराज मैनाली, श्रव्यदृष्य अन्तरगत कान्तिपुर टेलिभिजनका वरिष्ठ सहायक उपसम्पादक रमेश धमला, अनलाइन माध्यम अन्तरगत नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे र खोज मुलक लेख रचना अन्तरगत लेखक तथा पत्रकार सुदर्शन आचार्यलाई पुरस्कृत गरिएको हो । राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष लगायत प्रमुख तथा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उक्त पुरस्कार वितरण गरिएका थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित