नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५—कृषि विज्ञ मदन राईलाई दुई वर्ष जेल सजायको फैसला सुनाइएको छ । जिल्ला न्यायधिस नारायणप्रसाद दाहालको इजलासले माघ २५ गते राईलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहराउदै दुई वर्ष ६ महिना जेल सजाय तोकेको हो ।
अदालतका श्रेस्तेदार सीताराम खड्काका अनुसार यौन दुरुपयोग मुद्दामा दोषी डहराउदै राईलाई जरिवाना वापत एक लाख र पीडितलाई क्षतिपूर्ति वापत एक लाख ५० हजार तोकेको हो । राईलाई न्यायाधीश दाहालको इजलासले गत माघ १० गते दोषी ठहर गरेको थियो ।
आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राईलाई फाउन्डेसनमा जान रोक लगाउदै धरौटीमा छाडिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित