खोटेहाङ गाउँपालिकामा पाँच दिने चाम्लिङ भाषा तथा मुन्दुम प्रक्षिक्षण कार्यक्रम सुरु

  • प्रकाशित मितिः माघ २३, २०८१
  • 973 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २३–खोटेहाङ गाउँपालिकामा पाँच दिने चाम्लिङ भाषा तथा मुन्दुम प्रक्षिक्षण कार्यक्रम माघ २३ गतेदेखि सुरु भएको छ । खोटेहाङ गाउँपालिकाको आयोजना तथा खोटेहाङ प्रज्ञा–प्रतिष्ठानको संयोजनमा गाउँपालिका उपाध्यक्ष रुपेश राईले उद्घाटन गरेका हुन् ।
उक्त प्रशिक्षण माघ २७ गतेसम्म हुने छ । वडा नं ८ सिम्पानीका अध्यक्ष चन्द्रवहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्षहरू इन्द्रवहादुर राई, किरण राई, पूर्व वडाध्यक्ष देविन्द्र राई, सिम्पानी माविका कार्यबाहक प्रअ कोमलकृष्ण बुढाथोकी, सामाजिक अभियन्ताहरू पदम विश्वकर्मा, सुशिल उदास तथा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य सुशिला राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
खोटेहाङ गाउँपालिकाका विभिन्न वडाबाट सहभागी तीस जना प्रशिक्षार्थीलाई चाम्लिङ भाषा तथा मुन्दुमको विषयमा अधिवक्ता डा. शान्तिदेवि राई, तिलक चाम्लिङ, स्थानीय श्रोत व्यक्ति पदमवहादुर राई लगायतले प्रशिक्षण दिने छन् ।
चाम्लिङ भाषा तथा मुन्दुमको प्रशिक्षण सम्पन्न भएपछि माघ २८ गतेदेखि फागुन २ गतेसम्म बान्तावा भाषा र फागुनको दोस्रो हप्तामा थुलुङ भाषाको प्रशिक्षण कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित