मध्यपहाडी लोकमार्गको पङ्खुखोलाको पुल अलपत्र (भिडिओ सहित)

  • प्रकाशित मितिः माघ ४, २०८१
  • 510 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ४–मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पङ्खुखोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र ९ निर्मलीडाडाँको बीचमा निर्माण कम्पनीले ठेक्का लिएर काम नगरेपछि अलपत्र परेको हो ।
करिब दुई करोड एक लाख रूपैयाँको लागतमा २०७३ असोज ६ गतेसम्म सक्ने गरी २०७२ असोज ७ गते सिरुवा कन्ट्रक्सन प्रालिले संझौता गरेको थियो । तर पटक–पटक म्याद थप गर्दै २०७७ असोज ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थपिएको मध्यपहाडी राजमार्ग योजनाका सूचना अधिकारी हर्क प्रधानले बताए । उनका अनुसार अहिलेसम्म भौतिक र वित्तीय गरी ३९.८४ प्रतिशत मात्र प्रगति देखिएको छ ।
काम अलपत्र परेपछि २०८० जेठ १४ गते ठेक्का तोडिएको प्रधानले बताएका छन् । काम नगरेपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई ब्ल्याकलिष्टमा राखिएको प्रधानले सुनाएका छन् । उक्त पुल सक्न श्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयमा फाइल पुगेको प्रधानले सुनाए । श्रोत सुनिश्चितता हुने साथ पुनः टेण्डर हुने प्रधानको भनाई छ ।
काम अलपत्र परेपछि यातायात सञ्चालनमा समस्या भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठायतले बताएका छन् । बेलामा काम नथालिए आन्दोलनमा उत्रने समेत कठायतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित