नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २३–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१३ का नुनथला खाम्ला (अहिले हुर्लुङ बस्छन्) का १३ वर्षीय दीपीन्द्र राई डालो बेच्न आज असार २३ गते विहानै दिक्तेल बजार आइपुगे । उनको घरमाथिबाट गाडी गुड्छ तर उनका लागि हेर्नका लागि मात्र भएको छ गाडी । उनले डालो बेचर केही गर्ने मिठो सपना सजाएका होलान् । उनकोजस्तै कयौको यस्ता सपनाहरू पूरा होला/नहोलान् ? यो प्रश्न जनप्रतिनिधिहरूलाई सोध्न पर्ने हुन्छ । स्थानीय सरकारले सामाजिक विकास भन्दा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेकाले यस्ता वर्गको अवस्था उस्तै हुने देखिन्छ । विकास हेर्न वा देख्नका लागि होइन, मान्छेले अनुभूति गर्ने विकास चाहिएको हो । त्यसैले दीपीन्द्र लगायत सबै तह, बर्गले अनुभूति हुने विकास गर्न आवश्यक छ । त्यसैले सबैको अपन्वत्व हुने खालको विकास, उद्योग लगायत स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गरे मात्र समृद्धिको ढोका खुल्ने जनप्रतिनिधिहरुले हेक्का राख्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित