नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ७–जन्तेढुङ्गा र बाराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुँवाखोलामा पक्की पुलको शिलान्यास गरिएको छ । जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र बाराहपोखरी गाउँपालिकाको वडा नं.–५ पौवासेरा जोड्ने उक्त पुलको कोसी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मङ्सिर ६ गते शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले उक्त पुलको ठेक्का लिएको छ । २०८३ कात्तिक–२१ गतेसम्म सक्ने गरी २०८१ बैशाख–३० गते संझोता गरेको थियो । उक्त ठाउँमा एक सय ४८ मिटरको पुल निर्माण हुने मन्त्री राईका सचिवालयमा कार्यरत अमृत गिरीले बताए । शिलान्यासको क्रममा निर्माण कम्पनीलाई गुणस्तरीय र बेलामै काम सक्न मन्त्री राईले आग्रह गरेका छन् । खोटाङका जनताका लागि मात्र होइन, भोजपुरका जनताका लागि पनि सुविधा दिने भएकाले प्रदेश सरकारको महत्व दिएको राईले बताए ।
उक्त पुल शिलान्यासमा कोसी प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवङ्शी, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई, बाराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा लगायतको उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित