खोटाङमा बोलेर दुर्घटना हुदा ६ जना घाइते (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज २९, २०८१
  • 4259 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २९–रावाकेसी गाउँपालिका–१ कुभिण्डेमा आज असोज २९ गते विहान बोलेरो दुर्घटना हुदा ६ जना घाइते भएका छन् । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीबाट दिक्तेल आउदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो नुनथला–ऐसेलुखर्क सडक अन्तरगत कुभिण्डेमा विहान ९ बजे दुर्घटना हुदा ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार रावाबेसी गाउँपालिका–४ की ९० वर्षीया पूर्णमायाँ तामाङ, ४० वर्षीय सुद्रबहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४० वर्षीया कविता मग्राती, उक्त नगरपालिकाकै वडा नं १० पाथेकाकी ३७ रामकुमारी सार्की, ४० गीता सार्की, वडा नं २ सोल्माकी ६ वर्षीया विद्या कटवाल घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । गाडीले पिकअप नलिदा दुर्घटना भएको यात्रुहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित