श्रमदानबाटै मध्यपहाडी लोकमार्ग मर्मत (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज १९, २०८१
  • 946 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभन्ज्याङ–बाँझेच्यानडाडाँ दश किलोमिटर सडक श्रमदानबाट मर्मत गरिएको छ । वर्षाले बिग्रिएर यातायातका सवारी साधन चल्न समस्या भएपछि असोज १८ र १९ गते श्रमदानबाट सडक मर्मत गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार प्रतिनिधिसभा सदस्य रामकुमार राईको नेतृत्वमा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सिडिओ, सुरक्षा निकाय, निर्माण व्यवसायी लगायतको सहभागितामा सडक मर्मत गरिएको हो । सडकको हिलो तथा पहिरो पन्छाउनुका साथै करिब ४ किलोमिटरको बैकल्पिक नयाँ सडक समेत खनिएको राईले बताएका छन् ।


सडक मर्मतका लागि डिभिजन वन, सिंचाइँ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्प लगायतले तेलको जोहो गरेको राईको भनाई छ । उक्त सडक मर्मतमा टिपर, डोजर, ट्याक्टर गरी ६ सय लिटर तेल खर्च भएको राईले जनाएका छन् । यसका साथै जिल्लास्थित व्यवसायीहरू भैरव बस्नेत, सुदीप ढकाल, युवराज रिजाल, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन लगायतले टिपर, डोजर, ट्याक्टर उपलब्ध गराएको राईले बताएका छन् ।
श्रमदानमा एमालेका नेता रामप्रसाद दङ्गाल, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, साकेला गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राई, प्रमुख जिल्ला शिवकुमार कार्की, प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापा, रणभीम गण मुढे ब्यारेकका प्रमुख सेनानी केदार लामिछाने, स्थानीय लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित