अबरुद्ध सडक सुचारु

  • प्रकाशित मितिः असार २२, २०७५
  • 1054 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २२–असार २१ गते बिहान हुन लाग्दा (रातको दुई बजे) बर्खेटार आसपास पहिरो जादा अबरुद्ध मध्यपहाडी लोकमार्ग असार २१ गते साझदेखि सुचारु भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले दिनभर लगाएर पहिरो पन्छाएपछि यातायात सुचारु भएको हो । एक्साभेटर प्रयोग गरेर ढुङ्गा दोहन गर्दा त्यसको कम्पनले सिङ्गो ऐतिहासिक तुवाचुङ जायजुम क्षेत्र नै प्रभावित भएकोे छ । यसले किरात ऐतिहासिक तुवाचुङ जायजुमको अस्तित्व समाप्तु हुने सम्भावना बढेको छ ।
ऐतिहासिक पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न सकिने तुवाचुङ जायजुमप्रति जनप्रतिनिधिहरुको समेत ध्यान नपुगेको स्थानीयको भनाई छ । यसबाहेक तुवाचुङ जायजुम संरक्षण समितिको समेत ध्यान नपुगेको देखिन्छ । सडक खन्ने नाममा ढुङ्गा दोहनमा समेत संरक्षण समितिका केही पदाधिकारीहरुको नाम मुछिएको छ । कमिसनको लोभमा संरक्षण समितिका केही पदाधिकारीहरु फसेको आरोप छ ।
संरक्षण समितिका महासचिव दिनेश राईले भने त्यस्तो नभएको दाबी गरेका छन् । ढुङ्गा सडक निर्माणमा निकाल्ने बारे संरक्षण समितिका अध्यक्ष राकेश राई र महासचिव दिनेश राई सडक निर्माण कम्पनीसंग छलफलमा बसेको बुझिएको छ । यसै आधारमा ढुङ्गा निकालिएको श्रोतले बताएको छ । त्यसपछि एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएको एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित