सविना अछामे–
खोटाङ, असोज १६–बाढी पहिरोका कारण विभिन्न शहरहरूसंग बिच्छेद भएको सिधा यातायात सम्वन्ध बैकल्पिक मार्ग प्रयोग गरेर जोडिन थालेको छ । दिक्तेलबाट बस तथा जीपहरू छुट्न थालेपछि शहरसंगको सम्वन्ध जोडिन थालेको हो ।
असोज १६ गते दिक्तेलबाट काठमाडौं र तराईका शहरहरूसम्म, र काठमाडौं तथा बिराटनगरबाट दिक्तेलका लागि बस तथा जीपहरू छुटेका छन् ।
दिक्तेलबाट सिन्धुली–हेटौडा–नौबिसे हुदै काठमाडौ यातायातका साधन पठाइए पनि सरकारले उक्त रुटबाट यातायात सञ्चालन गर्न नदिएपछि बन्दीपुर–ढल्केबर–बर्दिबास–निजगढ–हेटौडा हुदै काठमाडौंसम्मको रुट प्रयोग गर्नु परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको भनाई छ ।
खोटाङ यातायात प्रालि लगायतका अन्य यातायात कम्पनीहरूले दिक्तेल–जयराम–घुर्मी–कटारी हुदै विराटनगरसम्म यातायात सञ्चालन गरिसकेको छ । यातायात सञ्चालनपछि दसैंमा घर आउने र खोटाङबाट शहर जानेहरूलाई केही सहज भएको छ । तर वीपी राजमार्ग सडक नबनेसम्म घुमौरो दूरी पार गर्नु पर्ने भएकाले यात्रुहरुले सास्ती खेप्नु पर्ने वाध्यता छ । दिक्तेलबाट–काठमाडौंसम्मका लागि बसमा तीन हजार र जीपमा ३५ सय तथा दिक्तेल–बिराटनगरसम्मको बस भाडा १५ सय ५० रूपैयाँ लाग्ने सम्वन्धित यातायात व्यवसायीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित