केएफए फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज १०, २०८१
  • 367 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १०–दिक्तेलको माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशालामा असोज १० गते सम्पन्न तेश्रो केएफए अन्तर संस्थागत तथा क्लव फुटबल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले नेर्पा स्पोर्टस् क्लवलाई पेनाल्टी सुटमा दुई शुन्यले पराजित गरेको हो ।
खोटाङ फुटबल एकेडेमीको आयोजना र मनोज स्मृति प्रतिष्ठानको सहआयोजनामा भएको फाइनल खेलमा विजेता र उपविजेताले एक एक गोल गरेपछि पेनाल्टी सुटको चरणमा पुगेको थियो ।
विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात परेको छ । उपविजेता टिमले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
उत्कृष्ट गोलरक्षक केएफएका रामकाजी राई, उत्कृष्ट टिमकोज केएफएकै सैलेश बजिमय, हाइस्कोरर सैलेन्द्र बजिमय र उत्कृष्ट खेलाडीमा पनि सैलेन्द्र बजिमय नै घोषित भए । उनीहरूमध्ये उत्कृष्ट गोलरक्षकले तीन हजार, उत्कृष्ट टिमकोचले तीन हजार, उत्कष्ट खेलाडीले पाँच हजार र हाइस्कोररले तीन हजारका दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रायोजन र जिल्ला फुटबल संघ खोटाङको संरक्षणमा भएको उक्त प्रतियोगितामा १० टिम सहभागी थिए । प्रतियोगिता असोज ७ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित