सविना अछामे–
खोटाङ, असोज ९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीय लोपोन्मुख रेडपाण्डा संरक्षणमा जुटेका छन् । रेडपाण्डाको संरक्षण गरी पर्यटन प्रबद्र्धन गर्न संरक्षणमा जुटेका हुन् ।
पाथेकाको चार साममुदायिक वन मध्य दुई वटामा रेडपाण्डा पाइन्छ । कोप्चे, मेरुङ, ढुङ्गेफुर्के र चारसाँदे सामुदायिक वनमध्ये कोप्चे र मेरुङ सामुदायिक वनमा रेडपाण्डा पाइन्छ । उत्तरी क्षेत्रका साम्पाङ राई समुदायले रेडपाण्डालाई कुँदो भनेर चिन्छन् । यसको संरक्षण गरी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य बनाइएको स्थानीयको भनाई छ ।
उक्त वडामा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपालले सन २०२३ बाट समुदायमा आधारित हाब्रे संरक्षण परियोजना सञ्चालन गरिरहेको छ । यसअन्तरगत विद्यालयदेखि टोल–टोलमा रेडपाण्डासम्वन्धी विभिन्न जनचेतनाका कार्यक्रमहरू भइरहेको सरस्वती माविका प्रधानाध्यपक उत्रप्रसाद राईको भनाई छ ।
कार्यक्रम सञ्चालनपछि पाथेकामा रेडपाण्डासम्वन्धी सचेतना बढेको समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका अधिकृत तेजविनोद पोखरेलको भनाई छ ।
रेडपाण्डा संरक्षणमा नगरपालिकाले चासो दिनु पर्ने प्रधानाध्यापक राईको भनाई छ । रेडपाण्डा संरक्षण तथा पर्यटन प्रबद्र्धनसम्वन्धी कार्यक्रम बनाउनु पर्ने राईको धारणा छ । तर वडा र नगरपालिकाले बजेट विनियोजन गर्न नसक्दा सोचेजस्तो नभएको वडाअध्यक्ष मुगाधन राईको भनाई छ । नगरप्रमुख तीर्थराज भट्टराईले भने स्थानीयको माग र आवश्यकताको आधारमा अघि बढिरहेको बताएका छन् । स्थानीयले भने नगरपालिकाले दीर्घकालीन योजनामा ध्यान दिन नसकेको गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित