खोटेहाङमा अखाद्य भइसकेका बरामत उपभोग्य वस्तु जलाइयो (भिडियो सहित)

  • प्रकाशित मितिः भदौ 26, 2081
  • 610 पटक पढिएको
  • संवादताता

दिनेश चाम्लिङ–
खोटाङ, भदौ २६–खोटेहाङ गाउँपालिकाका विभिन्न बजारबाट म्याद नाघेर अखाद्य भइसकेका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको छ । भदौ २६ गते इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राईको संयोजकत्वमा अनुगमन गर्दा म्याद नाघेका उपभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
उक्त गाउँपालिका–८ सिम्पानी बजार अनुगमन गर्दा तीस हजार बढीको अखाद्य भइसकेका उपभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको छ । वडाअध्यक्ष चन्द्रबहादुर थापाका अनुसार चिउरा, चाउचाउ, बेसार विस्कुट, फ्रुटी, चिजबल, सुजी, हर्लिक्स, थुक्पा, मिट मसला, ज्वानो, ड्यु, कोक, फेन्टा, अजिना, मिरिन्डा, इनर्जी ड्रिङ्स लगायत म्याद नाघेका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
यसबाहेक मेहन्दी, बडीस्प्रे, मन्जन, फेसवास, बेबी साबुन, स्याम्पो, स्क्रिम, लोसम क्रिम, केस तेल, जेल, हेयर ट्रिटमेन्ट लगायतका म्याद नाघेका वस्तु बरामत गरी नष्ट गरिएको राईले बताए । सिम्पानी बजारमा तीस हजार ९० रूपैयाँ बराबरको म्याद नाघेका उपभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
त्यस्तै उक्त गाउँपालिका–६ इन्द्रेणीपोखरीमा पनि उपभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको छ । इन्द्रेणीपोखरीमा विस्कुट, मसला, ड्यु, अजिना, पेप्सी, बेसार, मरिच गरी चार हजार ९ सय १५ रूपैयाँ बराबरको र उक्त वडाकै रोक्सिङ भन्ज्याङमा ड्यु, विस्कुट, थुक्पा, चिप्स, कोक, पेप्सी, बदाम जुस, चिजबल, अजिना, मिट मसला, भुजिया लगायत गरी २५ हजार पाँच सय ३० रूपैयाँ बराबरको म्याद नाघेका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा प्रक्रिया नपु¥याई सञ्चालन गरिएको पाँच वटा मेडिकललाई एक साताभित्र प्रक्रिया पु¥याउन समेत निर्देशन गरिएको छ । सिम्पानीमा तीन वटा, इन्द्रेणीपोखरीमा एउटा र रोक्सिङ भन्ज्याङमा एउटा मेडिकललाई उक्त निर्देशन दिएको हो । प्रक्रिया नपु¥याइए कारबाही गरिने समेत जनाउ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित