नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २०–अविरल वर्षाले भदौ २० गते विहानैदेखि खोटाङका अधिकांश सडकहरू अबरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग लगायतका ग्रामीण सडकहरू अबरुद्ध भएका हुन् ।
मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अबरुद्ध भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको बर्खेटार लगायतका ठाउँहरूमा पहिरोले सडक अबरुद्ध भएको छ । यसमध्ये बर्खेटारको सडक खुलाइएको र भालुखोलाको पहिरो सडक विभागको डोजरले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताएका छन् ।
वर्षाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित एउटा पेट्रोल पम्पमा क्षति पु¥याएको छ । पेट्रोलको ट्याङ्की राख्ने ठाउँमा लेदो पसेर ट्याङ्की उखेलिएको कार्कीले बताए । दिक्तेल र बाम्राङको बीचमा पर्ने खोल्सीको ढल थुनिएर दिक्तेल बजारमा बाढी पसेको छ । भदौ १९ गतेदेखि परेको अविरल वर्षाले ठूलो क्षति पु¥याएको तर एकीन विवरण भने आइनसकेको कार्कीले सुनाएका छन् ।
सदरमुकाम दिक्तेल–पञ्चमी, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क लगायतका ग्रामीण सडकहरू अबरुद्ध भएका छन् । सगरमाथा लोकमार्ग सडक पनि अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरू भदौ २० गते विदा गरेको छ । वर्षाका कारण विद्यालय बन्द गरिएको नगर उपप्रमुख विसन राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित