खिदीमाका स्थानीयले जनश्रमबाटै बनाए काठको पुल

  • प्रकाशित मितिः भदौ १९, २०८१
  • 160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–साना–साना काम गर्दा पनि सरकारको मुख ताक्ने प्रवृत्तिलाई त्याग्दै साकेला गाउँपालिका–३ खिदीमाका स्थानीयले आफ्नै खर्च र जनश्रमदानमा पुल निर्माण गरेका छन् । उक्त वडाको मखमले र बोराटोलमा पर्ने बोराखोलामा जनश्रमदानमार्फत आधुनिक प्रकारको काठेपुल निर्माण गरेका हुन् ।
स्थानीय मखमले र तावाभञ्ज्याङका करिव ४० जना युवाहरूले तीन दिन लगाएर करिव १२ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । उक्त पुलको लागत करिब एक लाख ५० हजार रूपैंयाँ बराबरको भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उक्त पुल निर्माण गर्नका लागि सल्ला र पात्लेको काठ प्रयोग गरिएको छ ।
वर्षादको बेला उक्त खोलामा बाढी आउँदा विद्यार्थी तथा स्थानीयलाई जोखिम भएकाले पुल निर्माण गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए । ‘यहाँका बालबालिका प्राथमिक तह अध्ययनका लागि विद्यालयसम्म पुग्न जोखिम र कठिन थियो’ तामाङले भने–‘पुल बनेपछि आवत–जावत गर्न सहज भएको छ ।’
गाउँ–टोलमा स्थानीयको सहभागितामा महत्वपूर्ण विकास निर्माणको काम भइरहेको र यसले विकासमा अपन्वत्व जागेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । ‘आफ्नो टोल र समाजमा हुने विकासका काममा स्वस्फुर्त लाग्दा परिवर्तन आफै हुने यो कामले देखाएको छ’ राईले भने ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित