नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–हेर्दा कुनै कालीगढले बनाएको कलै कलाको पुञ्जझैं लाग्छ । तर यो कुनै कालीगढले बनाएको कलाकृति होइन । यो त प्रकृतिको अनुपम उपहार हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाडाँस्थित करिब एक सय ६० रोपनी क्षेत्रफलमा ढुङ्गै–ढुङ्गाको बगैंचा छ । यसलाई स्थानीयले ‘ढुङ्गे बगैंचा’ अर्थात किरात चाम्लिङ भाषामा ‘बुङालुङ’ भन्छन् । यसबाहेक अहिले ‘रक गार्डेन’ ले समेत परिचित छ यो ठाउँ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल छिचोलेपछि यो ठाउँ पुगिन्छ । बालबालिका, युवायुवतीदेखि पाकासम्मले यो ठाउँमा मनोरन्जन लिने गरेका छन् । हलेसी आउने आन्तरिक तथा वाह्य तीर्थालु÷पर्यटकका लागि यो ठाउँ रोजाइँमा पर्ने गरेको छ ।
यो ठाउँलाई पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको छ । प्राकृतिक संरचनालाई नबिगारी त्यसलाई जस्ताको तस्तै राखेर कलात्मक रूप दिदै थप अन्य संरचनाहरू निर्माण भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।
‘ढुङ्गाकै गेट निर्माण, फलैंचा निर्माण, सिडी निर्माण, घेराबारा लगायका काम भएको छ,’ गिरीले भने–‘प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गाहरूलाई थप सजाउने, ढुङ्गाका बीच–बीचमा सुहाउँदो फूल रोप्ने, हलेसीको किम्बदन्तीमा आधारित मुर्ती बनाउने, खानेपानी, विद्युत, विश्रामस्थल, क्यान्टिन लगायतका संरचना निर्माणको काम बाँकी छन् ।’
उक्त ठाउँमा पर्यटन प्रबद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको करिब तीन करोड खर्च भइसकेको छ । आर्थिक वर्ष २०७७÷७८ मा डिपिआर बनाएर काम थालनी गरिएको गिरीले बताए । गिरीका अुनसार उक्त बृहत योजनाका लागि पाँच करोड खर्च हुने डिपिआरमा उल्लेख छ ।
यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमश्रृङ्खलाहरू अवलोकन सकिने भएकाले विश्वभरबाट आउने पर्यटकका लागि यो ठाउँ उपयोगी हुने सकेत गिरीले बताए । भस्मासुर राक्षसले महादेवलाई लखेट्दा यो ठाउँ (ककनीडाँडा)मा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किम्वदन्ती छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित