रेन्बोट्राउटप्रति आकर्षित

  • प्रकाशित मितिः चैत्र १०, २०७५
  • 1219 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १०–पछिल्लो समय युवा पङ्ति रेन्बोट्राउटप्रति आकर्षित भएका छन् । यसका लागि अनुकूल वातावरण र राम्रो आम्दानी हुने भएपछि युवा आकर्षित भएका हुन् ।
जिल्लामा करिब आधा दर्जन रेन्बोट्राउट माछा फार्म सञ्चालनमा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कमा सगरमाथा एक्वा प्रालि र शुभम् फाउण्डेसनले पा“च वर्षअघिदेखि फार्म सञ्चालनमा आएको हो । यसले आम्दानी पनि राम्रो दिएको सञ्चालकमध्यका सूर्यबहादुर राईले बताए । सुरु–सुरुमा अध्ययनमै समय बितेको तर पछिल्लो समय भने राम्रो आम्दानी सुरु भएको राईले सुनाए । ‘यातायातको राम्रो व्यवस्था नहुदा सुरुमा ढाकरमा दाना बोकेरै खुवाइयो ।’ राईले भने– ‘सुरुमा अध्ययन–अनुसन्धानमा समय गयो ।’ राईले थपे–‘पछि भने राम्रो भइरहेको छ ।’
उक्त फार्मले रेन्बोट्राउट पालनबारे तालिम सञ्चालन गरेको छ । अहिलेसम्म करिब पा“च सय जनाले तालिम लिइसकेको राईले सुनाए । यहा“ रेन्बोट्राउटको भुरा पनि पाइने भएकाले यो व्यवसाय फष्टाएर गएको राईले बताए । खोटाङका अन्य ठाउ“हरुमा पनि माछा पालनको लहड चलेकाले आसलाग्दो पेशा बन्दै गएको राईको भनाई छ । ‘प्रदेश नम्बर एकको एक मात्र रेन्बोट्राउट भुरा उत्पादन हुने हो यो ।’ राईले भने–‘ युवा पंती माछा पालनप्रति आकर्षित भएकाले यसको भविष्य राम्रै देखिन्छ ।’
यसबाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पनि रेन्बोट्राउट फार्म सञ्चालन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करिब ३० लाख रुपैया“ अनुदानमा युवा पंत्ती यसमा संलग्न छन् । यसका लागि अहिले पूर्वाधार तयार भइरहेको नेर्पास्थित चित्रकुमार राईले बताए । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका युवाले रेन्बोट्राउट फार्म सञ्चालनको तयारी गरेका छन् । जालपामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दश लाख अनुदान दिएको छ । नगरपालिकाले नेर्पा र जालपालाई रेन्बोट्राउट पकेट क्षेत्र बनाएर युवालाई रोजगारी दिलाउ“ने उद्देश्यका साथ काम भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
रावाबेसी गाउ“पालिका–६ हौचुरमा पनि तीन वर्षदेखि रेन्बोट्राउट व्यवसाय सञ्चालन गरिएको छ । यसले राम्रो आन्दानी दिएको सञ्चालक मोहन गुरुङले बताए । साकेला गाउ“पालिका–१ च्यानडाडा“मा पनि रेन्बोट्राउट पालन सुरु भएको छ । यहा“ दुई वर्षदेखि माछापालन सुरु गरेको सञ्चालक संग्राम राईले बताए । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउ“पालिका–६ सेम्मामा पनि रेन्बोट्राउट पालनको तयारी भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपिलासगढी गाउ“पालिका–१ फेदी, ऐसेलुखर्क गाउ“पालिकाको ऐसेलुखर्कमा पनि रेन्बोट्राउट पालन सुरु तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित