बैकिङ कसुरमा नायक पक्राउ

  • प्रकाशित मितिः भदौ १६, २०८१
  • 612 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–बैंकिङ कसुरमा एक जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का नवराज रिजालको जाहेरीले धनुषा सबैला नगरपालिका–७ का ३४ वर्षीय सतेन्द्र नायक पक्राउ परेका हुन् ।
नायकले रिजालको नाममा तीन लाख रूपैयाँको चेक दिएको तर बैंकमा जादा रकम नभएको भनि चैक वाउन्स गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेपछि अदालतको आदेशमा धनुषामा पक्राउ गरी भदौ १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित