मध्यपहाडी लोकमार्गको तुवाचुङमा गएको पहिरो खुल्यो

  • प्रकाशित मितिः भदौ ११, २०८१
  • 629 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ११–पहिरोले भदौ ११ गते बिहान ३ बजेदेखि अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ७ महादेवस्थानको बीच नागी नजिक तुवाचुङडाडाँबाट झरेको पहिरोले अबरुद्ध सडक पाँच बजे खुलेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष कमल गिरीका अनुसार बिहान ३ बजेतिर झरेको पहिरो पन्छाउन तीन वटा डोजर प्रयोग गरिएको थियो । अबरुद्ध सडक एकतर्फी दिउसो एक बजेतिर र दोहोरो पाँच बजे खुलाइएको गिरीले बताएका छन् । गिरीका अनुसार उक्त ठाउँमा करिब ७०–७५ मिटरमाथिबाट झरेको पहिरोले करिब ५० मिटर सडक पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित