तेक्वान्दोमा सुनसरी प्रथम

  • प्रकाशित मितिः चैत ८, २०७५
  • 1682 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत ८–एक नम्बर प्रदेश स्तरीय तेक्वान्दोमा सुनसरी प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङको माटिकोरे खेलमैदानमा सुक्रबार सम्पन्न खेलमा दश स्वर्ण र पा“च कास्य सहित सुनसरीले प्रथम स्थान हासिल गरेको हो । मंगलबार सुरु खेलमा तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जित्दै मोरङ दोश्रो र तीन स्वर्ण र एक कास्य सहित उदयपुरले तेश्रो स्थान प्राप्त गरेको छ ।
सुनसरीका लागि ग्यारोगीतर्फ ७३ केजीमाथिका समूहमा पूजा राई, ८७ केजी तलको समूहमा अनिश श्रेष्ठ र ८७ केजीमाथिका समुहमा पदमबहादुर तामाङले स्वर्ण पदक दिलाएका हुन् । पुम्सेतर्फ पनि सबै स्वर्ण पदक सुनसरीले हात पारेको छ । पुरुष एकल पुम्सेमा सुनसरीका अर्जुन सुनुवार, महिला एकल पुम्सेमा सिना मादेन, जोडी पुम्सेमा अर्जुन सुनुवार र सिना मादेनको जोडीले स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राईले बताए ।
यस्तै ग्यारोगीमा मोरङका लागि ४६ केजी तल अर्चना राजवंशी, ८० केजी तल इश्वर बासकोटा र ६८ केजी तल आकाश उप्रेतीले स्वर्ण पदक जितेका छन् । उदयपुरका लागि ग्यारोगीतर्फ ६३ केजी तल इन्दिरा बस्नेत, ७३ केजी तल लक्ष्मी सुनुवार र ५३ केजी तल सन्ध्या सिंहले स्वर्ण पदक दिलाइन् ।
प्रतियोगितामा ४६ केजी तल भोजपुरकी सुस्मिता राई, ४९ केजी तल झापाकी अन्जु श्रेष्ठ, ६७ केजी तल ओखलढुंगाकी अनिका राजभण्डारी, ५४ केजी तल झापाका अरुण डागी, ५८ केजी तल खोटाङका मोहन राई र ६३ केजी तल इलामका मिलनकुमार सेर्माले स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित