साकेला गाउँपालिकामा जनश्रमबाट सडक मर्मत

  • प्रकाशित मितिः भदौ ८, २०८१
  • 449 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–साकेला गाउँपालिकामा वर्षाले बिग्रिएको सडक जनश्रमबाट मर्मत गरिएको छ । मानेभन्ज्याङ–बाँझे सडक खण्ड अन्तरगत रतन्छामा बिग्रिएको सडक जनश्रमबाट बनाइएको हो ।
स्थानीयको जनश्रमदान भदौ ७ गते सडक मर्मत गरिएको हो । गाउँपालिकाको ब्याकहो लोडर र ट्याक्टरको सहायतामा स्थानीयको श्रमदानमा आठ सय मिटर सडक बनाइएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उक्त श्रमदानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, गाउँपालिका अध्यक्ष राई लगायत स्थानीयले विहान ८ बजेदेखि श्रमदानमा जुटेका थिए । पछिल्लो समय श्रमदान संस्कारको विकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित