दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा भदौ ४ गते सार्वजनिक बिदा

  • प्रकाशित मितिः भदौ २, २०८१
  • 239 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भदौ ४ गते सार्वजनिक बिदाको सूचना जारी गरेको छ । नेवार समुदायको गाइजात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको हो ।
दिक्तेल रूपाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले भदौ २ गते जारी गरेको सूचना अनुसार नेवार समुदायको प्रमुख पर्वको रूपमा मनाइने गाइजात्राको उपलक्ष्यमा भदौ ४ गते नगरपालिका मातहतका सबै कार्यालयहरू, विद्यालयहरू र संघ÷संस्थाहरूमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित