नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ५ थामेका बाढी पीडितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले राहत वितरण गरेको छ । पूर्ण विस्थापित भएकालाई प्रतिपरिवार ५० हजार र आंशिक क्षति भएका प्रतिपरिवारलाई १० हजार रूपैयाँका दरले भदौ १ गते राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाका अनुसार पूर्ण रूपमा विस्थापित भएका १५ घरपरिवारलाई ५० हजार र आंशिक क्षति भएका ३० घर परिवारलाई १० हजार रूपैयाँका दरले राहत वितरण गरिएको हो । गृह मन्त्रालयले पनि पूर्ण क्षति भएका १५ घरपरिवारलाई १५ हजार रूपैयाँका दरले राहत वितरण गरिएको छ ।
भदौं १ गते रक्षमन्त्री मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेट शेर्पा, कोसी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, नेपाली सेनाका सहायक रथी प्रेमध्वज अधिकारी, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।
थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुटेर साउन ३२ गते थामेका ५५ वर्षीय नुरुटुडु शेर्पा बेपत्ता भएका छन् भने २३ घर तथा होटल लज, एउटा विद्यालय, क्लिनिक र स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित