नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ५ थामेमा आएको बाढीले स्थानीय ५५ वर्षीय नुरुटुडु शेर्पा बेपत्ता भएको खुलेको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ५ थामेमा आएको बाढीले स्थानीय ५५ वर्षीय नुरुटुडु शेर्पा बेपत्ता भएको खुलेको छ । थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुटेर साउन ३२ गते आएको बाढीमा परेर शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढीले २३ वटा घर, होटल तथा लजमा क्षति पुगेको छ । यसमध्ये १३ वटा पूर्ण रूपमा क्षति भएको र १० वटामा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । थामे आधारभूत विद्यालय, हिमालयन क्लिनिक, खुम्बु विद्युत कम्पनीको ड्याम गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले खुम्बु क्षेत्रको पाँच हिमतालमध्ये दुई वटा फुटेको र अर्को दुई वटा पनि फुट्न सक्ने सम्भावना भएकाले जोखिम कायमै रहेको बताइन् । दूधकोसी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग रहन आग्रह गरिएको प्रजिअ पाण्डेले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित