सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा भीषण बाढी, बाढीले १२ घर, एउटा विद्यालय र क्लिनिकमा क्षति, ६ जनाको उद्धार

  • प्रकाशित मितिः साउन ३२, २०८१
  • 798 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३२—सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ । साउन ३२ गते दिउसो बाढीले १२ घर, एउटा विद्यालय र एउटा क्लिनिकम क्षति पु¥याउनका साथै ७ घर जोखिममा परेको छ ।
बाढीले थामे आधारभूत विद्यालय, हिमालयन क्लिनिक र १२ वटा घरलाई क्षति पु¥याएको हो । एक जना बेपत्ता भएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताइन् । तर बेपत्ता हो होइन भन्ने एकीन भएको पाण्डेले सुनाइन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी पुगेर उद्धार थालेको प्रजिअ पाण्डेले सुनाइन् । माथिल्लो क्षेत्रका हिमताल फुटेर वा पहिरो गएर बाढी आएको हुन सक्ने अनुमान गरिएको पाण्डेको भनाई छ । पछिल्लो जानकारी अनुसार बाढीको बहाव घटेको र थप क्षतिको जोखिम घट्दै गएको पाण्डेले बताइन् ।
उक्त बाढीका कारण दूधकोसी नदी बग्ने सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको तटीय क्षेत्रमा सावधान रहन प्रहरी तथा स्थानीय तहहरूले समेत अनुरोध गरेका छन् । जल तथा मौसम विज्ञान विभागले पनि अर्को सूचना नआइन्जेलसम्मका लागि दूधकोसीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
प्राभावित क्षेत्र कामी शेर्पा, आप्पा शेर्पा तथा तेन्जिङ नोर्गेको पुख्र्यौली गाउँ हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित