नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३२–खोटाङमा ९९.८१ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाको १० हजार १८.१३ हेक्टरमध्ये ९ हजार ९ सय ९९.३९ हेक्टरमा धान रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार साउन ३१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ बाहेक अन्य आठ स्थानीय तहमा रोपाइँ सकिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको धान रोपाइँ हुने ३५ सय हेक्टरमध्ये ३४ सय ८२.५० हेक्टरमा (९९.५ प्रतिशत) धान रोपाइँ सकिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको एक सय २० हेक्टरमध्ये एक सय १८.८० हेक्टरमा (९९ प्रतिशत) धान रोपाइँ सकिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाको दुई सय ४०.९६ हेक्टर, बाराहापोखरी गाउँपालिकाको ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकाको एक हजार दुई सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको एक हजार दुई सय हेक्टर, साकेला गाउँपालिकाको ८ सय हेक्टर, रावाबेसी गाउँपालिकाको ८ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकाको चार सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकाको एक हजार दशमलव १३ हेक्टरमा धान रोपाइँ सकिएको राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित