खोटाङमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • प्रकाशित मितिः साउन २८, २०८१
  • 1145 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २८–बैंकिङ कसुर मुद्दाका प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३७ वर्षीय हेमन्त राई पक्राउ परेका छन् । दिक्तेलस्थित खोटाङ अटोलिङ्क प्रालिलाई रकम नभएको तीन लाख रूपैयाँको चेक दिएवापत बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ परेका हुन् ।
राईले दिक्तेलस्थित खोटाङ अटोलिङ्क प्रालिबाट २०८० कात्तिक ७ गते प्रदेश १–०५–००१ प ८६६१ नम्बरको २२० सीसीको मोटर साइकल गरिद गरेवापत तीन लाख रूपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक दिएको र उक्त बैंकमा पटक–पटक जादा रकम नभएकाले बैंकले बाउन्स गरिदिएको भनि उजुरी दिएको आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ रोसन सैंजूको जाहेरीको आधारमा खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्धमा साउन २४ गते फेला पारी खोटाङ ल्याएर सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित