दिक्तेल फुटबल रङ्गशाला अलपत्र छाड्दा भेटेरीनरी अस्पतालको सौचालय भत्कियो (भिडियो सहित)

  • प्रकाशित मितिः साउन २४, २०८१
  • 814 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशाला निर्माणको काम अलपत्र छाड्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सौचालय भत्किएको छ । रङ्गशाला निर्माण गर्दा भित्तापट्टी खनेर त्यत्तिकै छाडिएकाले पहिरोले सौचालय भत्किनुका साथै कार्यालय समेत जोखिममा परेको छ ।
कार्यालयको तल्लो भाग चर्किएको छ । निर्माण कम्पनीले बेलामा काम नसक्दा यो अवस्था आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्रकिशोर यादवको भनाई छ ।
उक्त रङ्गशाला निर्माणको ठेक्का आशिर्वाद÷मोहन एण्ड गाउँबेसी÷इन्द्रलक्ष्मी कन्ट्रक्सन जेभीले लिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ रूपैयाँको लागतमा २०८१ बैशाख २८ गतेसम्ममा सक्ने गरी २०७९ बैशाख २९ गते संझौता गरेको थियो । उक्त निर्माण कम्पनीले मोबिलाइजेसन पेश्की वापत २९ लाख ६४ हजार लिएर काम थालेर अलपत्र पारेपछि यो अवस्था आएको हो । निर्माण व्यवसायीका कारण यो अवस्था आएको र यसको जिम्मेवारी पनि स्वयम् निर्माण व्यवसायीले नै लिनु पर्ने नगरपालिकाका सूचना अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार भट्टराईको भनाई छ ।
उक्त रङ्गशालाको स्टिमेट परिवर्तन भएकाले काममा ढिलाई भएको निर्माणमा संलग्न जोसेफ रिजालले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित