सविना अछामे–
खोटाङ, साउन २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको धार्मिक पर्यटकीय भुलभुले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । नगरपालिकाको वडा नं ६ नेर्पामा पर्ने भुलभुले प्राकृतिक हिसावले मनोरम ठाउँ भएकाले आन्तरिक पर्यटकको रोजाईमा परेको हो ।
जिल्ला सदरमुकाम दिक्तेलदेखि १३ किलोमिटर पूर्वमा अवस्थित भुलभुले मध्यपहाडी लोकमार्गमै पर्ने भएकाले यहाँ आउनेहरूका लागि यातायातको सहज सुविधा छ ।
यहाँ विभिन्न देव–देवता तथा प्राकृतिक सम्पदाहरू देख्न पाइन्छन् । यहाँ पूजाआराधना गरे चिताएको पूरा हुने मान्यता छ । यहाँ कात्तिके पूर्णीमाका दिन मेला लाग्छ ।
भुलभुलेभन्दा केहीमाथि अवस्थित रुवालुङ झरना र बन्झ्याक्री गुफा अर्को आकर्षणको केन्द्र विन्दु हो । भुलभुले, रुवालुङ झरना र बनझ्याक्री गुफा पर्यटन विकासका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बजेट लगानी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित