खोटाङ ऐसेलुखर्क गाउँपालिकामा बाढीले बगाएर बृद्धाको मृत्यु

  • प्रकाशित मितिः साउन २२, २०८१
  • 486 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, साउन २२–ऐसेलुखर्क गाउँपालिकामा बाढीले बगाएर बृद्धाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखुखोलामा आएको भेलले बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार ऐसेलुखर्क बजारबाट फर्कने क्रममा साउन २१ गते साँझ साडे ६ बजे मेखुखोलामा आएको भेलले बगाएर बेपत्ता भएको र खोजी गर्ने क्रममा साउन २२ गते विहान ८ बजे मृत फेला परेकी हुन् । महेश्वरी हुँदै जलेश्वरी बतासे जाने कच्ची सडकदेखि सय मिटर तल खोलाको किनारमा फेला परेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित