सविना अछामे–
खोटाङ, साउन २१–हलेसीमा निर्मित हवन कुण्ड साउन २१ गतेदेखि सञ्चालनमा आएको छ । कोसी प्रदेश सरकारको एक करोड ४४ लाख ८४ हजार चार सय ९० रूपैयाँको लागतमा निर्मित दुई वटा हवन कुण्डको कोसी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन् ।
उक्त हवन कुण्ड गत असार–१६ गतेसम्ममा सम्पन्न गर्ने गरी बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले २०८१ वैशाख–४ गते सम्झौता गरेको थियो । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिकस्थल हलेसीमा हवन कुण्ड सञ्चालनपछि पूजाआजा गर्न सहजभएको तीर्थालुहरूको भनाई छ ।
उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीनवटा धर्मको धार्मिक राजधानी भएको बताए । हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले योजना बनाएको बताए । यसै अनुसार हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको उनको भनाई छ । उक्त हवन कुण्ड गत बैशाख २२ गते कार्कीले नै शिलान्यास गरेका थिए । उक्त हवन कुण्ड निर्माणपछि निर्माण सम्बद्ध कम्पनीले नगरपालिकालाई हस्तान्तरण समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित