दिक्तेल बजारमा बनाइएको स्पिड ब्रेकर मापदण्ड विपरित (भिडियो सहित)

  • प्रकाशित मितिः साउन २०, २०८१
  • 785 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २०दिक्तेल बजारको सडकमा बनाइएको स्पिड ब्रेकर मापदण्ड विपरित भएको गुनासा आएका छन् । बजार क्षेत्रमा सवारी गति नियन्त्रण गरे पनि मापदण्ड विपरित बनाइएका स्पिड ब्रेकरले सवारी साधन ठोक्किनुका साथै पल्टिन सक्ने सम्भावना भएकाले यसले ठूलो दुर्घटनाको जोखिम बढेको गुनासा आएका हुन् ।
बजारमा बनाइएको स्पिड ब्रेकरमा रङ नभएकाले नदेखिएको, उचाई दश सेन्टिमिटर र स्लोप सात प्रतिशत हुनु पर्नेमा त्यसअनुसारको नभएको ट्राफिक प्रहरी इन्चार्ज ज्ञानेन्द्र कार्कीको भनाई छ ।
बजारबासीको मागको आधारमा स्पिड ब्रेबर बनाइएको र स्पिड ब्रेकरमा लगाइएको रङ गएकाले त्यसलाई फेरि लगाइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको भनाई छ ।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाको नौ लाख ३५ हजार रूपैयाँको लागतमा उक्त स्पिड ब्रेकर बनाइएको हो । उक्त स्पिड ब्र्रेकर निर्माण ठेक्का सजिव निर्माण सेवाले लिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित