खोटाङ कारागारका नाइकेमाथि आक्रमण गर्नेलाई जेल सरुवा (भिडियो सहित)

  • प्रकाशित मितिः साउन १८, २०८१
  • 1050 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १८–कारागारका नाइकेमाथि आक्रमण गर्नेलाई जेल सरुवा गरिएको छ । साउन १६ गते बेलुकी ६ बजे कारागारका नाइके रोहिनी कार्कीमाथि आक्रमण गर्ने ठगी मुद्दामा जेल भोगिरहेका सन्तोष परियार र डाका मुद्दामा जेल खेपिरहेका सुवाश विक लगायत सात जनालाई साउन १८ गते जेल सुरुवा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार औषधीको विषयलाई लिएर रोहिनी कार्कीमाथि आक्रमण गरेका थिए । नियमित औषधी सेवन गरिरहेका सन्तोष परियार औषधी सेवन गर्ने निर्धारित समयमा नआएको र निर्धारित समयभन्दापछि औषधी सेवन गर्न खोज्दा भनाभन हुदा कार्कीमाथि आक्रमण गरेको डिएसपी खड्काले सुनाए ।

यसबाहेक कारागारमा चालचलन राम्रो नभएका अन्य पाँच जनालाई समेत पर्सा र रौतहट कारागार सरुवा गरिएको डिएसपी खड्काले सुनाए । उनका अनुसार रौतहट गौर कारागारमा कर्मा शेर्पा, सन्तोष परियार, निश्चिल श्रेष्ठ र दर्शन राई तथा पर्साको विरगन्ज कारागारमा इन्द्र पौडेल, सुवाश विक र प्रेम पुरीलाई पठाइएको हो । ९९ क्षमताको खोटाङ कारागारमा एक सय ४७ कैदी बन्दी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित