खोटाङको मेवाखोला नादुम दोभानमा बृद्ध मृत फेला

  • प्रकाशित मितिः साउन १८, २०८१
  • 600 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १८–मेवाखोलामा साउन १८ गते एक बृद्ध मृत फेला परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ७५ वर्षीय हर्कमणि राई साउन १८ गते बिहान ११ बजेतिर मृत फेला परेका हुन् ।
गत साउन १६ गते चिप्ले किरा टिप्न भनेर घरबाट निस्किएको तर नफर्किएपछि खोज्ने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र वडा नं ७ दोर्पाचिउरीडाडाँको बीचमा पर्ने मेवाखोलाको नादुम दोभान किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनका शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरेको कार्कीले बताए । अवस्था हेर्दा खोलाले बगाएर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित