नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–जन्तेढुङ्गा गाउँपालिकाको धार्मिक पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । उक्त गाउँपालिकाको वडा नं–५ चिसापानी र वडा नं ६ दिप्लुङको बीचमा पर्ने जन्तेढुङ्गा पार्क निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाल लगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति तथा पर्यटन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत गरी दुई करोड ३० लाख रुपैयाँको लागतमा दुई वर्षभित्र सक्ने गरी एनआरके–स्वामी नारायण–मोहन एण्ड बेसी जेभीले २०७८ जेठ ३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका इन्जिनियर अरुण साहले बताए । काम नगरे पनि एक वर्षका लागि म्याद थप गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।
उक्त आयोजनाको आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको २३ लाख ५९ हजार तीन सय ७५, आर्थिक वर्ष २०७८/८९ मा गाउँपालिकाको बजेटबाट २३ लाख रूपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको ३७ लाख २३ हजार पाँच सय ४० रूपैयाँ भुक्तानी भएको लेखापाल विनोद दासले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको खड्काले बताए । आर्थिक वर्ष २०८०/८१ मा भने संघीय सरकारले ३७ लाख रुपैयाँ बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । निर्माणमा सम्बद्ध जोसेफ रिजालले भने ठेक्का परे पनि बजेट उपलब्ध नभएकाले काम गर्न नसकिएको बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । कामै नगरेपछि बजेट नराखिएको उपाध्यक्ष खड्काले बताए । तर बजेट माग गरेर काम गर्ने गाउँपालिका अध्यक्ष अरुणादेवी राईको भनाई छ ।
जन्तेढुङ्गा यसक्षेत्रमा प्रख्यात मानिन्छ । किम्बदन्ती अनुसार गोल्मराजा–गोल्मरानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो । यहाँ मङ्सिर पूर्णीमा उधौली र बैशाखे पूर्णीमा उभौली मेला लाग्छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित