नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २१–सम्वन्धित निकाय सचेत भई दिएको भए यसरी विपत्ति आई पर्ने थिएन होला । तर उनीहरुको चेतनामा कमी हुदा यस्तो विपत्ति आइपरेको हो । यो भनाई हलेसी तुवाचुङ नगरपालिका काभ्रेका एक स्थानीयको हो । हुन पनि सम्वन्धित निकायले किरात ऐतिहासिकथलो तुवाचुङ जायजुम संकटमा पर्ने गरी एक्साभेटर प्रयोग गरेर त्यसको मुनि पर्ने मध्यपहाडी लोकमार्ग निर्माणको बहानामा ढुङ्गा निकालिएपछि पहिरो खसेको स्थानीयको ठम्याई छ । असार २१ गते विहान हुन लाग्दा दुई बजे झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध मात्र भएन, किरात ऐतिहासिकथलो तुवाचुङ जायजुम समेट संकटमा परेको छ ।
पहिरोले यातायात अबरुद्ध हुदा सयौ यात्रु अलपत्र परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ । यद्यपि पहिरोको सम्भावना बढेकाले यसै भन्न नसकिने अवस्था छ । ‘पहिरो हटाउन कोशिस भइरहेको छ ।’ उनले भने–‘अझै पनि खस्ने सम्भावना बढेकाले यसै भन्न सकिने अवस्था छैन ।’
मेयर राईका अुनसार एक्साभेटरले पहिरो हटाउने प्रयास जारी छ । यद्यपि ठूलो–ठूलो ढुङ्गा खसेकाले पन्छाउदा त्यसमुनि वस्ती भएकाले फुटाएर अन्यत्र लैजानु पर्ने भएकाले समय लागेको हो । बिहीबार साझसम्ममा पहिरो हटाउन कोशिस गर्ने राईले सुनाए ।
पहिरोले किरात ऐतिहासिकथलो तुवाचुङ संकटमा परेको छ । मध्यपहाडी लोकमार्ग निर्माणको बहानामा यस क्ष्ँेत्रमा एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएकाले पहिरो गएको स्थानीयले बताए । एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएकाले यस्तो विपत्ति आइपरहेको मेयर राईले बताए । यसमा तुवाचुङ जायजुम संरक्षण समितिका केही पदाधिकारी ठेकेदारसंग कमिसनको लोभमा ढुङ्गा निकासीमा संलग्न रहेको स्थानीयले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित