नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २–जिल्लामा यौनजन्य तथा ठगीका घटना बढेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३७ यौनजन्य तथा १५ वटा ठगीका मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय खोटाङको विवरणमा उल्लेख छ ।
यसअन्तरगत ६ वटा हाडनाता करणी सहित जबरजस्ती करणीमा २७, जबरजस्ती करणी उद्योगमा ७ र बालयौन दुरुपयोगमा तीन गरी यौनजन्य अपराधमा ३७ वटा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । आर्थिक वर्ष २०७९/८० मा भने जबरजस्ती करणीमा १५, जबरजस्ती करणी उद्योगमा ४ र बालयौन दुरुपयोगमा दुई गरी २१ वटा मात्र मुद्दा दर्ता भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार ठगीमा ३ ह्वाटसप ठगीमा ६, सुन ठगीमा १ र रकम ठगीमा ६ वटा मुद्दा दायर भएको छ । त्यस्तै बैंकिङ कसुरमा १७, सरकारी छाप किर्तेमा ७, विद्युतीय अपराधमा ३, लिखत कसुरमा ३, परीक्षा मर्यादा भङ्ग गरेको कसुरमा २, अवैध हातहतियार खरखजना ३, लागूऔषधमा २, चोरीमा ६, आपराधिक उपद्रव अन्तरगत आगो लगाएकोमा १, अभद्र व्यवहारमा २१, पशुपक्षीसम्वन्धी कसुरमा २, सवारी ज्यानमा २, कर्तव्य ज्यानमा ४, लापरबाही पुर्वक ज्यान मारेकोमा १, ज्यान मार्ने उद्योगमा ८, भवितव्य ज्यानमा ३७, सवारीबाट भवितव्यमा २, झुण्डिएर आत्महत्यामा ३७, भिरबाट हाम्फालेर आत्महत्यामा १ र मानव कंकाल फुटकर ज्यानको १ मुद्दा दायर भएको खड्काको भनाई छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा मुद्दाको संख्या बढेको डिएसपी खड्काको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७८ वटा मात्र मुद्दा दायर भएकोमा आर्थिक वर्ष २०८०/८१ मा दुई सय १५ वटा मुद्दा दायर भएको हो । तर आर्थिक वर्ष २०७८/७९ मा भने दुई सय ३८ वटा मुद्दा दर्ता भएको डिएसपी खड्काको भनाई छ ।
आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादी पक्राउको संख्या बढेको छ । अभियानकै रूपमा फरार प्रतिवादीलाई पक्राउ जारी राखिएको खड्काले बताए ।
आपराधिक घटना न्युनीकरणका लागि प्रहरीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको समेत खड्काको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित